+
+

फिल्म ‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हितैको माया’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १०:००

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक भएको छ । गीतमा जयन सुब्बाको संगीत तथा सुगम पोखरेल र इन्दकला राईको स्वर छ ।

कलाकारहरु खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, रमा थपलिया गीतमा फिचर्ड छन् । मर्मस्पर्शी गीतमा आममान्छेको पारिवारिक सम्बन्ध, उनीहरु मर्म र क्रन्दनलाई चित्रण गरिएको छ । दयाहाङ राईले खगेन्द्रको पात्रलाई बोकेर हिँडेको दृश्यले मित्रता दर्शाउँछ ।

एक भुइँमान्छे कसरी सत्ता र शक्तिमा पुग्छ भन्ने यात्राको कथा पेश गर्ने मल्टिस्टारर फिल्मको केन्द्रमा खगेन्द्र छन् । यी बाहेक अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडाको भिनय पनि छ ।

यो फिल्म कात्तिक २४ गते प्रदर्शन तयारीमा छ । फिल्मलाई ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्ट्सले मिलेर निर्माण गरेका हुन् । सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?