+
+

महिला कबड्डी टिमकी कप्तान मेनुका राजवंशी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १४:४३

१२   कात्तिक, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय  संस्थाले राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई सम्मान गरेको  छ ।

१९ औं एशियाली खेलकुदको कांस्य पदक जित्ने नेपाली टोलीको नेतृत्व गरेकी राजवंशीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले  नगद  ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको  संस्थाले जहदा गाउँपालिकाकी स्थायी बासिन्दा राजव‌ंशीले खेल क्षेत्रबाट राष्ट्रका लागि योगदान दिएका कारण सम्मान गरेको जनाएको छ ।

उनलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र  जीवन विकास समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले नगद र सम्मान पत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?