+
+

टी-२० विश्वकप क्रिकेट एसिया छनोटको ट्रफी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते २१:४०

१२ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको ट्रफी सार्वजनिक गरेको छ ।

सोमबारदेखि काठमाडौंमा हुने आईसीसी टि-२० विश्वकप छनोट एसिया फाइनलका खेलअघि सहभागी ८ वटा देशका कप्तानले ट्रफीसँग तस्वीर खिचाएका छन् ।

उक्त प्रतियोगितामा नेपाल, ओमान, युएई, हङकङ, मलेसिया, सिंगापुर, कुवेत र बहराइन सहभागी छन् । नेपाल ओमान मलेसिया र सिंगापुर समूह ए मा छन् भने युएई, हङकङ, बहराइन र कुवेत समूह बीमा छन् ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल जितेर फाइनल पुग्ने दुई टिम २०२४ मा वेष्ट ईन्डिज र अमेरिकामा हुने आईसीसी टि-२० विश्वकप छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?