+
+

पहिलो खेल सधैं महत्वपूर्ण छ : शरद भेषावकर  

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते ९:२३

१३ कात्तिक, काठमाडौं । अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । जसमा एसियाका उत्कृष्ट ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

 उद्घाटन खेलका कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली नेपालले सिंगापुरसँग खेल्दैछ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।

 उक्त खेल र समग्र प्रतियोगिताको बारेमा कुराकानी गर्न हामीसँग कमेन्ट्री गेस्टमा क्रिकेटर शरद भेषावकर छन्  । विश्वकप छनोट र आजको खेललाई लिएर उहाँसँग गरिएको संक्षिप्त कुराकानी :

आजदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटलाई लिएर हामी एकदमै उत्साहित छौँ । २०१४ मा पहिलोपटक विश्वकप खेल्यौँ । त्यसपछि हामीले धेरै कुर्नुपरेको छ, फेरी विश्वकपमा छनोट हुनका लागि । हामी हरेक विश्वकप खेल्छौँ भन्ने आशा थियो । तर धेरै कुर्नुपर्यो । अहिले नेपाली टिमले कसरी खेल्छ भन्ने उत्सुकता पनि छ ।

घरेलु मैदानमा खेल्दैछौँ । राम्रो गर्दा दर्शकले जहिले पनि साथ दिन्छ । च्यालेन्जिङ समयमा चाहिँ दर्शकले कसरी साथ दिन्छन् भन्ने हो । ५० ओभरको खेलमा बीच-बीचमा पुनरागमन गर्न सकिन्छ । यो छोटो फर्म्याटको खेल भएकाले पुनरागमन गर्न चुनौती हुन्छ । यसमा चुनौती पनि छ । तर हामी होम टिम भएकाले क्वालिफाई हुनका लागि फेभरेट टिमको रुपमा चाहिँ छौँ ।

टी-२० मा अहिले जिते पनि छनोट खेल्ने टिमहरु छन् । बहराइन जस्ता टिमहरु छन् । कसैलाई पनि २० ओभरको गेममा कमजोर आँक्न मिल्दैन ।

सबैको अपेक्षा एकदमै धेरै छ । त्यो प्रेसरलाई कसरी ह्यान्डल गर्ने भन्ने हो । स्किलमा त हामी माथि नै छौँ । ब्याटिङ, बलिङ सबैमा राम्रो छ । क्रिकेट यस्तो गेम हो, जसमा हामी त्यो दिनमा बेस्ट क्रिकेट खेल्नैपर्छ । अर्को कुरा मोन्टी देसाई सर आएपछि हामीले पछिल्लो ६-७ महिना जसरी क्रिकेट खेलेका छौँ त्यो लयलाई कायम राख्दै बेस्ट क्रिकेट खेल्नुपर्छ । यसमा पनि चुनौती छ ।

२०१४ को विश्वकप खेल्नुअघि पनि हामी लयमा थियौँ । छनोट खेल्नुअघि सन् २०१३ को बर्मुडा टुरदेखि नेपाली टिम लयमा आथ्यो र नेपाली टिममा राम्रो फर्ममा थियो । त्योबेला पुबुदु सरले बिहानदेखि प्रशिक्षण गराउने धेरै मिहिनेत गरेका थियौं । त्यो टुर्नामेन्ट अघि हामी छनोट हुन्छौँ भन्ने धेरैलाई विश्वास पनि थिएन ।

धेरै राम्रा टिमहरु पनि थिए । तर हामीले जसरी खेल्यौँ दोस्रो खेलमा केन्या विरुद्ध अनौठो तरिकाले जित्यौँ र अन्तिममा हामीले जसरी लक्ष्य पूरा ग¥यौँ त्यसमा बलिङ ब्याटिङ सबै राम्रो थियो । त्यो खेलपछि चाहिँ हामी सबैको आत्मविश्वास पनि बढ्यो । स्टिभ टिकोलो र थोमस ओडोयो जस्ता अनुभवी खेलाडी भएको टिम केन्यालाई हराउँदा हाम्रो लय आयो । त्यो सम्झँदा अहिले पनि रमाइलो लाग्छ ।

विश्वकप पछिको माहोल फेस्टिभल जस्तै थियो । एअरपोर्टमा ल्यान्ड भएदेखि होटलमा पुग्दासम्मको माहोल रमाइलो थियो । त्यस्तो फेरि भाछ जस्तो लाग्दैन । निश्चय नै अहिले नेपाली क्रिकेटमा माहोल बढेको छ । यो टिमलाई पनि अवसर छ फेरि त्यो माहोल फर्काउने यो टिमसँग पनि ठूलो अपेक्षा छ । त्यही विश्वकपपछि चाहिँ नेपाली क्रिकेटमा धेरै चेन्ज बयो । त्यसपछि बच्चाहरुलाई अभिभावक खेलाउन लैजानेदेखि बच्चा, बुढा सबैले क्रिकेट हेर्न थालेका थिए ।

आजको टिम बेस्ट टिम खेलाको जस्तो लाग्छ । यहाँको कन्डिसन अनुसार सन्दीप आएको छ, एक्स फ्याक्टर जस्तै हो । ऊ जब बलिङमा आउँछ । अपोनेन्ट टिमलाई एक्स्ट्रा प्रेसर परिहाल्छ र नेपाललाई एक्स्ट्रा फाइदा हुन्छ । त्यो फरक यो गेममा पनि देखिन्छ होला ।

आजको कुरा के सरप्राइजिङ लाग्यो भने टस जितेर ब्याटिङ लियो विन्टर फस्ट ब्याटिङ जोज्नेलाई गाह्रो नै हुन्छ । पहिलो ६ ओभरको नयाँ बलको जुन खेल हुन्छ त्यसमा बलिङ टिमलाई एडभान्टेज हुन्छ । मलाई पनि अचम्म लागेको छ सिंगापुरले किन ब्याटिङ रोज्यो भनेर । सुरुमै नेपालले प्रेसर दिन थालेको छ ।

यो विकेटको पार स्कोर १७०-१७५ जस्तो लाग्छ । बिहानको कन्डिसन भएकाले १५०-१६० मा रोक्न सक्यो भने सहजै चेज हुन्छ । पहिलो ६ ओभरमा नेपालले कसरी बलिङ गर्छ त्यसमै भरपर्छ कति स्कोर बन्छ भनेर ।

टुर्नामेन्टको पहिलो खेल जहिले पनि महत्वपूर्ण हुन्छ टिमलाई कन्फिडेन्स गेन गर्नका लागि । त्यसले नै समग्र टुर्नामेन्ट कस्तो हुन्छ भनेर सेट गर्छ । सिंगापुरले ठूलो चुनौती दिन त सकेको छैन । यद्यपि सिंगापुरमा पनि केही अनुभवी खेलाडीहरु छन् । जनक प्रकाश नेपालमा आएर ईपीएल खेलिसकेका खेलाडी पनि छन् । अनिश परम र मनप्रित सिंह जस्ता खेलाडीहरु पनि छन् । उनीहरुले कस्तो खेल्छन् त्यसमा पनि सिंगापुरको प्रदर्शन भर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?