+
+

तस्वीरमा हेर्नुस् नेपाल र सिंगापुरको खेल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते ११:३२

१३ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटका लागि कीर्तिपुरमा जारी प्रतिस्पर्धामा सिंगापुरविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । ओपनर कुशल भुर्तेल र आसिफ शेखले ८४ रनको साझेदारी गरे ।

नेपालले १४६ रनको विजय लक्ष्य पछ्याइरहेको छ । यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई-दुई विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा उल्लेख्य संख्यामा दर्शकहरु उपस्थित छन् । उनीहरु राष्ट्रिय झण्डा बोकेर नेपाली क्रिकेटरहरुको हौसला बढाइरहेका छन् ।

यसअघि कानुनमन्त्री धनराज गुरुङले एम्पायरहरुलाई बल हस्तान्तरण गरेर खेलको सुरुवात गरेका थिए ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार/चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् ।

आयोजक नेपाल समूह ‘ए’मा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् । समूह ‘बी’मा यूएई, बहराइन, कुबेत र हङकङ छन् ।

तस्वीर : विकास श्रेष्ठ र चन्द्रबहादुर आले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?