+
+

कीर्तिपुरमा जीतको उल्लास (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १३:१८

१३ कात्तिक, काठमाडौं । आजदेखि सुरु भएको टी-२० विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ ।

यो सुखद अवसरमा कीर्तिपुर मैदानमा उपस्थित दर्शकले खुसियाली मनाएका छन् ।

दशैं बिदा सकिएलगत्तै छनोट खेल सुरु भएकोले कीर्तपुर मैदानमा बिहानैदेखि दर्शकको क्रेज थियो । उनीहरूले खेल सुरु भएसँग नेपाली टोलीलाई साथ दिएका थिए ।

नेपालको पहिलो जितसँगै विश्कप छनोट यात्रा सहज बनेको भन्दै दर्शकहरूले हुटिङसमेत गरेका थिए ।

पहिलो खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेटाएको हो ।

अर्को खेलमा नेपालले मलेसियासँग खल्नेछ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?