+
+

ओखलढुंगामा घर जल्दा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १०:१२

१४ कात्तिक, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्सपेक्टर बालिस्टर सिंहले जानकारी दिए ।

सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको र टिनको छानो भएको एक तले भान्सा घरमा आगलागी भएको थियो । कमलाले चुह्लोमा पेट्रोल प्रयोग गरी आगो बाल्ने क्रममा घर जलेको र उनको घटनास्थलमै ज्यान गएको भनी प्रहरी चौकी हर्कपुरमा खबर पुगेको थियो । लगत्तै घटनास्थलमा पुगेको हर्कपुर प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा उमेश गौतमकी श्रीमती अन्दाजी २७ वषर्ीया जानुका गौतमको वायाँ खुट्टामा पोलेको छ । उनको उपचार उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा भइरहेको छ ।

आगलागीबाट भाँडावर्तन, अन्नपात, काठपात समेत गरी एक लाख रुपैयाँ बराबरको क्षति भएको र आबश्यक कानुनी प्रकृया पूरा गरी मृतक कमला दाहाल गौतमको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

घटनास्थल प्रहरी चौकी हर्कपुरबाट एक किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ४१ किलोमिटर दक्षिणमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?