+
+

जलवायु परिवर्तनका असर हेर्न नेपालका हिमाली क्षेत्रमा आऊ : गुटेरेस

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १०:४०

१४ कात्तिक, पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकनका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिएका छन् ।

नेपाल भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविर पुगेका उनले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताए ।

‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ,’ अन्नपूर्ण आधार शिविरमा उभिएर उनले भने, ‘हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्, जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी संयुक्त्त राष्ट्र संघको सम्मेलन कोप २८ नोभेम्बर ३० देखि यूएईमा हुँदै छ ।

गुटेरेसले यही रुपमा जलवायु परिवर्तनको असर कायम रहने हो भने एक दिन हिमालमा हिउँ नहुने बताए । हिउँ नभएपछि नदी नाला सुक्ने र मान्छेले पानी नपाउने स्थिति आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?