+
+

टी-२० विश्वकप छनोट : टस जितेर युएईविरुद्ध ब्याटिङ गर्दै कुवेत

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १३:५०
युएई क्रिकेट टिम

१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध टस जितेर कुवेतले ब्याटिङ गरिरहेको छ ।

समूह बीमा रहेको कुवेत पहिलो जितको खोजीमा छ । पहिलो खेलमा हङकङसँग पराजित कुवेतले मूलपानी मैदानमा भएको मंगलबारको खेल जितेर विश्वकप छनोटको संभावना कायमै राख्न चाहन्छ ।

तर पहिलो खेलमा बहराइनसँग जित निकालेको युएई पनि कुवेतविरुद्ध जित निकाल्दै एक खेल अगाडि नै सेमिफाइनल पुग्ने दाउमा छ ।

आजै बिहान भएको खेलमा हङकङलाई बहराइनले पराजित गरेकाले यो समूहको सेमिफाइनल समीकरण रोचक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?