+
+

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १४:५२

१४ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।

मलेसियाका लागि सैयद अजिजले ६८, जुबादी जुल्किफ्लेले २४, सर्विन मुनियान्दे र विजय उन्नीले १३ रन जोडे । बलिङतर्फ नेपालका अविनाश बोहराले ४, रोहित पौडेल, सन्दीप लामिछाने र गुल्सन झाले १÷१ विकेट लिए ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको थियो भने मलेसिया ओमानसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?