+
+
नेपाल भर्सेस मलेसिया :

अविनाशको उत्कृष्ट बलिङले फरक पर्‍यो : शरद भेषावकर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १५:२८

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले नेपाल र मलेसियाबीचको खेल भइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको छ ।

यस खेलको पहिलो इनिङ्सको बारेमा ग्रेस्ट कमेन्ट्रीमा रहेका क्रिकेटर शरद भेषवाकरले यसरी समीक्षा गरेका छन् ।
….

ब्याटिङको कुरा गर्दा मलेसिया १५ रन जति कम स्कोरमा रोकियो । अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दा मलेसिया १६५ मै रोकियो । प्रतिस्पर्धाका लागि उसलाई कम्तीमा १८० को स्कोर चाहिन्थ्यो ।

मलेसियाको राम्रो सुरुवात गरेको थियो । त्यो हेर्दा १८० रन बन्छ जस्तो देखिन्थ्यो । तर सुरुमा अविनाशले नै पार्टनरसिप ब्रेक गरेपछि नेपालले मलेसियाको रनको गति रोक्यो । त्यसपछि बीचको ओभरमा गुल्सन झाले ओपनर अजिजको विकेट लिनु, सन्दीप लामिछानेले विरनदिपको विकेट लिनु नेपालको लागि महत्वपूर्ण भयो ।

पछि अविनाशले डेथ ओभरमा विकेट लिँदै आफ्नो भूमिका प्रमाणित गरे । जसले गर्दा मलेसियाले स्कोर केही कम भयो । यस्तै दुई रनआउट पनि नेपालका लागि महत्वपूर्ण रह्यो ।

यस्तो होइन कि यो गेम सजिलो हुन्छ । नेपालले लक्ष्य पछ्याउने क्रममा मलेसियाले केही स्पिनरहरु ल्याएको छ । अब त्यसले कति काम गर्छ हेर्न बाँकी छ । स्पिन राम्रो भएन भने मलेसियाले नेपाललाई रोक्न गाह्रै हुन्छ ।

ब्याटिङमा मलेसियाका अजिजले राम्रो प्रदर्शन गरे । उनी टिकेको भए १८० रन बन्न सक्थ्यो । बलिङमा अविनाशले आज उत्कृष्ट प्रदर्शन गरे ।

सुरुको पावर प्लेमा कति रन बन्छ त्यही अनुसार खेल नेपालले कति ओभरमा खेल सकाउँछ भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?