+
+

१८ वर्ष नाघेका बन्दीलाई बालसुधार गृहमा छुट्टै राख्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १६:४३
वीरगञ्जको एक बालसुधार गृह ।

१४ कात्तिक, काठमाडौं । सरकारले १८ वर्ष नाघेका बन्दीलाई बालसुधार गृहमा छुट्टै राख्ने तयारी गरेको छ ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बाल सुधारगृहमा सबै उमेर समूह एकै ठाउँमा रहन्छन् । यही कारण बालसुधार गृहमा झडप लगायतका घटना बढेको निष्कर्षसहित १८ वर्ष नाघेका बन्दीलाई छुट्टै राख्ने तयारी गरिएको भट्टराईले बताए ।

मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटना’का सम्बन्धमा छलफल थियो ।

छलफलमा सहसचिव भट्टराईले १८ वर्ष नाघेका बन्दीलाई छुट्टै राख्ने तयारी अगाडि बढाएको जानकारी दिए । उनका अनुसार बालिग हुनु अगाडि नै अपराध गरेकाहरुले बागि भइसकेपछि पनि वाल सुधार गृहमै रहेर कैद भुक्तान गर्ने कानुनी व्यवस्था छ ।

यस्तो व्यवस्थाका कारण बाल सुधार गृहमा २६ वर्ष सम्मका बन्दीहरु रहने अवस्था बनेको उनको भनाइ छ । १८ वर्षदेखि २२/२३ वर्ष उमेर समुहका बन्दीले वाल सुधार गृहमा सुधार गृहको नियम उल्लघन गर्ने प्रवृति बढेको निष्कर्षमा सरकार पुगेको र सोही अनुसार व्यवस्थापनको कार्य अगाडि बढाइएको उनले जानकारी दिए ।

सहसचिव भट्टराईका अनुसार पहिलो चरणमा बाँकेमा १८ वर्ष नाघेका वाल वन्दीहरुलाई राख्ने गृहकार्य अगाडि बढेको छ ।

१८ वर्ष नाघेकालाई छुट्टै बाल गृहमा राख्ने र कानुनमा सुधार गरेर कारागारमै पठाउने भन्ने विषयमा छलफल चलिरहेको पनि उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?