+
+

एक शब्द नबोली विश्वकै लोकप्रिय टिकटक स्टार बने खाबी लेम

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १७:३४

काठमाडौं । तीन वर्षमै एक करोड ६० लाख फलोअर्स कमाउँदै खाबी लेम विश्वकै लोकप्रिय टिकटकर बनेका छन् । एक शब्द पनि नबोली लोकप्रिय बनेका यी शान्त स्वभावका हास्य कलाकारमार्फत आफ्ना उत्पादनको प्रचार गर्न विश्वका चर्चित ब्राण्डले रुचि देखाइरहेको फोर्ब्स म्यागजिनले जनाएको छ ।

सन् २०१९ मा टुरिनस्थित एक कार कारखानामा फिल्टर जम्मा गर्ने इटालीका यी इन्फ्लुएन्सर अहिले विश्वचर्चित स्टार बनेका छन् । फोर्टिनाइट भनिने एक मल्टिप्लेयर भिडियो गेममा उनी पात्र समेत बनेका छन्, जुन गेमको मासिक प्रयोगकर्ता २३० मिलियन छन् ।

‘जब मैले भिडियो बनाउन थालें, मानिसले मलाई राम्रो काम गर्न भने,’ लेम भन्छन्, ‘तर कसैले नहेर्दा पनि मैले भिडियो बनाउने कामलाई निरन्तरता दिएँ ।’

अहिले सबैको ध्यान खाबी लेममा छ । उनी टिकटकमा इन्टरनेटमा चर्चित मिम र छोटो कमेडी क्लिपहरु पोस्ट गर्छन् । एउटा भिडियोमा एक सेफले फ्यान्सी चक्कुले केराको बोक्रा निकालेको र घरेलु निर्मित रोबोटले ट्वाइलेट कागज दिएको दृश्य देखिन्छ ।

कोरोना महामारी लकडाउनको समयमा लेमीको दुई मिनेट लामो भिडियोले २.४ बिलियन लाइक र १६२ मिलियन फलोअर्स प्राप्त गरेको थियो, जुन उनको जन्मस्थानको जनसंख्याभन्दा तीन गुणा बढी छ । इन्स्टाग्राममा उनका आठ करोड फलोअर्स छन् । उनले आँखाको ईशारामा कुराकानी गर्दै एक शब्द नबोली विशाल फ्यान फलोइङ जम्मा गरेका हुन् ।

यसो गर्दा उनी डिजिटल युगको चार्ली च्याप्लिन बनेका छन् । उनका मिमका भिडियोले अलग भाषा, सीमा र संस्कृतिका लाखौं मानिसलाई मनोरञ्जन दिन्छ । यस वर्ष लेमले हलिउड स्टारहरु म्याट ड्यामन, रोबर्ट डाउनी जुनियर र टम क्रुजसँग टिकटक भिडियो बनाए ।

फुटबल लिजेन्ड डेभिड बेकह्यामसँग पेनाल्टी किक हाने र बीमा कम्पनी स्टेट फार्मको लागि सुपर बाउल विज्ञापन अभियानमा अभिनय गरे ।

स्टेट फार्मका मार्केटिङ प्रमुख एलिसन ग्रिफिन भन्छिन्, ‘उनी लोकप्रिय अमेरिकी टिकटकर हुन् । त्यसकारण हामीले उनीसँग सहकार्य गरेका हौं । उनीसँग काम गर्दा ब्राण्ड सुरक्षित हुनेदेखि प्रारम्भिक लगानी विस्तारमा पनि सजिलो हुन्छ । उनको सुपर बाउल भिडियोलाई ११५ मिलियन मानिसले हेरेका थिए । लेमसँग हाम्रो भिडियोले २२० मिलियन भ्युज पाएका छन् ।’

खाबी लेमका लागि मौनता फापेको छ । फोर्ब्सको अनुमानअनुसार जुन २०२२ देखि उनले ह्युगो बोस, बिनान्स र मिडल इस्ट बैंक क्यूएनबी लगायतका कम्पनीसँगको सम्झौताबाट ४१६.५ मिलियन डलर कमाएका छन् । साथै, फोर्टनाइट र स्टेट फार्म साझेदारीबाट उनको कमाइ लोभलाग्दो छ ।

अहिले टिकटक र इन्स्टाग्राम पोस्टमा उत्पादन फिचर गर्न उनले प्रतिपोस्ट सात लाख ५० हजार अमेरिकी डलर पारिश्रमिक लिन्छन् । ‘ब्राण्ड उसको परिवार र इमेजको अनुकूल हुनुपर्छ । धेरै आग्रहलाई अस्वीकार गरेको छु,’ उनी भन्छन्, ‘म सफा रुपमा काम गर्न चाहन्छु । मैले मदिरा कम्पनी, चुरोट वा तपाईंका लागि नराम्रो कुनै पनि चीजसँग काम गरेको छैन किनभने धेरै बच्चा पनि मेरा फलोअर्स छन् ।’

खाबी फोर्ब्सको वार्षिक कन्टेन्ट क्रिएटरको सूचीमा ११ औं स्थानमा छन् । उनी प्रभावकारी अर्थतन्त्रका लागि शक्ति र नाफाका एक उदाहरण हुन् । विश्वका शीर्ष क्रिएटरको श्रेणी निर्धारण गर्न हामीले कन्टेन्ट क्रिएटर, मार्केटिङ फर्मको सहयोगमा हजारौं इन्टरनेट व्यक्तिको आम्दानी, इन्फ्लुएन्सरको संख्या, संलग्नता दर र उद्यमशील गतिविधिको डेटा हेर्‍यौं । सन् २०२२ को जुनदेखि अहिलेको जुन महिनासम्म ५० अग्रणी कन्टेन्ट क्रिएटरले २.६ बिलियन सामाजिक सञ्जालका फलोअर्स कमाएका छन् । उनीहरुले ७०० मिलियन डलर कमाएका छन् । सन् २०२२ को ५७० मिलियन डलरभन्दा यो २३ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?