+
+

बढ्यो सुनचाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १२:५०

१६ कात्तिक, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी  व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ वृद्धि भएर कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १५ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० र चाँदीको मूल्य १ हजार ४ सय ५ रुपैयाँ तोकिएको छ ।

बुधबार एक लाख १५ हजार रुपैयाँमा छापावाल सुन, एक लाख १४ हजार ४५० रुपैयाँमा तेजावी सुन र १ हजार ३ सय ८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?