+
+

नेपालले गुमायो दोस्रो विकेट, गुल्सन झा २२ रन बनाएर आउट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १३:३७

१७ कात्तिक, काठमाडौं । टी-२० विश्वकप क्रिकेट छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपाली टिमले दोस्रो विकेट गुमाएको छ ।

दशौं ओभरमा नेपालका गुल्सन झा २२ रन बनाएर आउट भए । २४ बल खेलेका उनले ३ चौकाको मद्दतमा २२ रन बनाएका थिए ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई ११ रनमा गुमाएको थियो । अहिले क्रिजमा आसिफ शेखलाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् ।

युएईविरुद्ध नेपालले १३५ रनको लक्ष्य पछ्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?