+
+

संसदलाई फलदायी बनाउन सरकार गम्भीर देखिएन : अध्यक्ष तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १७:३९

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसदको वर्षे अधिवेशन उपलब्धीमूलक नभएको बताएका छन् ।

सरकारले अघिल्लो अधिवेशनमा पेश गरिएको अतिआवश्यक विधेयक समेत वर्षे अधिवेशनमा नल्याउँदा संसदको यो अधिवेशन फलदायी हुन नसकेको उनको भनाइ थियो ।

शुक्रबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुले आफैँले प्रस्तुत गरेको विधेयकसमेत अपवाद बाहेक चासो समेत नलिएको गुनासो समेत गरे ।

उनले भने, ‘सरकारले जति धेरै विधेयक लिएर आयो, त्यति व्यस्त हुने हो । त्यो हिसावले सरकारले धेरै विधेयकहरु ल्याउन सकेन । एकदमै अति जरुरी, ल्याउनुपर्ने अहिले यो वर्षे अधिवेशनमा होइन, यो भन्दा अगाडिको हिउँदे अधिवेशन, जसलाई विधेयक अधिवेशनकै रुपमा बुझ्ने गरिन्छ । त्यतिबेला ल्याउनुपर्ने, त्यतिबेलै पास गर्नुपर्ने, त्यतिबेलै ल्याउछौं भनेर प्रधानमन्त्रीले, मन्त्रीले बोल्नु भएको पनि यो अधिवेशनका ती विधेयकहरु आएनन् । यस हिसावले स्वभाविक रुपमा जति हुनुपथ्र्यो त्यो भएन, प्रभावकारी यस कारण भएनन । ती विधेयकहरु आएर पास हुनुपथ्र्यो भन्ने कुरा स्वभाविकै रुपमा रह्यो ।’

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, संघीय निजामती सेवा जस्ता अतिआवश्यक विधेयक समेत सरकारले संसदमा नल्याएको उनले स्मरण गराए । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिले सरकारलाई विधेयकहरु ल्याउनका लागि ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको बताए ।

‘हामीले कतिपय समयमा बिजनेस नभएर हाउसलाई सूचनाको आधारमा बैठकहरु सार्नुपर्‍यो । मैले नै कति पटक सूचना जारी गरेर बैठक सार्नुपर्‍यो । त्यो कारण भनेको अपवाद बाहेक कुनै त्यस्तै परेको बाहेक अरु विजनेस नभएरै हो । मत चाहन्छे दिनदिनै नभए दिन बिराएर नियमित ढंगले संसदको बैठक चलाऊ । तर, मैले चाहेर बैठक बैठकमा लागि चल्ने होइन । त्यसले त काम गर्नुपर्‍यो नि । ‘ उनले भने ।

सरकारले विधेयकहरु ल्याउन नसकेका कारण संसद प्रभावकारी हुन नसकेको उनको दाबी थियो । अध्यक्ष तिमिल्सिनाले सरकारले विजनेश नदिए पछिआफूले पटकपटक राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गर्नुपरेको बताए ।

उनले भने, ‘विशेष गरेर राजनीतिक दलहरु, सरकारमा संलग्न दलहरु, नेता सबैसँग जोडिएको, देशको शान्ति प्रक्रियासँग जोडिएको । त्यही विधेयक पनि आएन । प्रतिनिधि सभामा आएको छ । तर त्यहाँबाट पास भएन । तर ल्याउनैपर्ने निजामती सेवा विधेयक, त्यो विधेयक अहिलेसम्म कुनैपनि सदनमा प्रवेशनै गरेको छैन । टिआरसी त प्रवेश गरेर प्रक्रिया छ भन्न सकिएला । शिक्षा विधेयक पास भयो भनेर पनि गएर त्यत्तिकै राकिराखेको छ ।’

अध्यक्ष तिमिल्सिनाले सरकारले गैरसरकारी विधेयकलाई संसदमा प्रोत्साहित गर्न नचाहेको बताए । गैरसरकार विधेयक सरकारकै अंग बन्ने भएपनि त्यसलाई संसदबाट पास गराउन अनिच्छुक देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?