+
+
जाजरकोट भूकम्प :

जाजरकोटका घाइतेलाई ढाडस दिएर रुकुम फर्किए प्रधानमन्त्री

यज्ञ खत्री यज्ञ खत्री
२०८० कात्तिक १८ गते १०:०५

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्ड घाइतेलाई ढाडस दिएर रुकुम पश्चिम फर्किएका छन् ।

जाजरकोटको खलंगास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटी ढाडस दिएका हुन् ।

नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए ।

‘डाक्टर र औपधि ल्याएर आएका छौं । उपचारमा समस्या हुँदैन छिट्टै निको हुन्छ । चिन्ता नलिनुहोला,’ उनले भने ।

प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत र प्रदेश सांसद राजीवविक्रम शाह पनि अस्पताल पुगेका थिए ।

जाजरकोटका पीडितलाई भेटेपछि प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम फर्किएका छन् । रुकुमको आठविसलगायतका क्षेत्रमा पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?