+
+

आफू गएको हेलिकप्टर उद्धारमा छोडेर प्रधानमन्त्री नियमित उडानमा फर्कने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १३:५६

१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र  रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् ।

आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन् । ‘प्रधानमन्त्री अहिले साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्कंदै हुनुहुन्छ, हेलिकप्टर चाहिँ घाइतेहरुको उद्धार गर्न छोडिएको हो’, प्रेस संयोजक सचिव सूर्यकिरण शर्माले भने ।

आज बिहान पनि प्रचण्ड चढेर गएको हेलिकप्टरले नलगाडबाट ७ जना घाइतेलाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?