काठमाडौं । नेपाल प्रहरीले भूकम्प पीडितहरूका नाममा आर्थिक सहयोग गर्दा ध्यान दिन आग्रह गरेको छ ।
प्रहरी केन्द्रीय कार्यालयले शनिबार सूचना जारी गर्दै इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्था आधिकारिक हो कि होइन निश्चित गरेर मात्र सहयोग गर्न आग्रह गरेको छ । इन्टरनेटबाट हुने ठगी र आर्थिक शोषणबाट जोगिन प्रहरीले आग्रह गरेको छ ।
आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउनेहरुले भूकम्पपीडितका नाममा आफूखुसी चन्दा उठाउन सुरु गरिसकेका छन् । यस्तो अवस्थामा इन्टरनेटको विभिन्न माध्यममार्फत ठगी गर्ने गिरोहसमेत सक्रिय हुन सक्ने भएकाले प्रहरीले सचेत गराएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4