+
+

भूकम्पबाट जारकोटका दुई स्वास्थ्य संस्थाका भवनमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते २०:३२

१८ कात्तिक, काठमाडौं । गएराति गएको भूकम्पको कारणले जारकोटका दुई अस्पताल भवनमा क्षति पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार जाजरकोटका घेट्ना स्वास्थ्य चौकी र बारेफुट आधारभूत अस्पतालमा क्षति पुगेको छ ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका हब अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य विषयगत क्षेत्रका साझेदार निकायहरूसँग भूकम्प प्रतिकार्य सम्बन्धमा बसेको आकस्मिक बैठकमा मन्त्री मोहनबहादुर बस्नेतले उक्त निर्देशन छन् ।

सबै सरकारी र गैरसरकारी निजी स्वास्थ्य संस्थाहरूलाई भूकम्पका घाइतेको उपचार व्यवस्थापन निःशुल्क रूपमा गर्न मन्त्रालयले जनाएको छ । भूकम्पमा परी घाइतेहरूको रूकुम पश्चिम अस्पताल, जाजरकोट अस्पताल, चौरजहारी लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, बिरामीका लागि थप विशेषज्ञ तथा विशिष्टकृत सेवाका लागि प्रादेशिक अस्पताल सुर्खेत र भेरी अस्पताल, नेपालगञ्जमा रिफर गरिएको छ ।

राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १५७ जनाको मृत्यु भएको छ । जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?