+
+

फाइनलमा गुल्शन झाको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १२:१३

१८ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झाले विस्फोटक ब्याटिङ गरिरहेका छन् ।

झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै  अर्धशतक गरे । उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको छ ।

यो टी-२० आईमा गुल्शनको पहिलो अर्धशतक हो । झाले कप्तान रोहितकुमार पौडेलसँग ६७ रनको साझेदारी गरिसकेका छन् ।

गुल्शनले ओडीआईमा पनि महत्वपूर्ण फाइनल खेलमा अर्धशतक प्रहार गरेका थिए ।

उनले विश्वकप लिग टुअन्तर्गत अन्तिम शृंखलामा यूएईविरुद्ध अविजित ५०, एसीसी प्रिमियर कप फाइनलमा पनि यूएईविरुद्ध अविजित ६७ रन बनाएका थिए । यस्तै जिम्बाव्वेमा भएको वान डे विश्वकप छनोटको अन्तिम खेलमा आयरल्याण्डविरुद्ध अविजित ५७ रन बनाएका थिए ।

टी-२० आईमा पनि गुल्शनले फाइनल खेलमा उस्तै खाले ब्याटिङ गरिरहेका छन् ।

शरद भेषावकरले गुल्शनलाई ‘ही इज दी म्यान फर फाइनल’ भनेका छन् ।

गुल्शनले २५ बल खेल्दै ५ चौका  र ४ छक्का मद्दतमा ५४ रन बनाए । उनी १७औं ओभरको अन्तिम बलमा आउट भए ।

गुल्शन र रोहितले ७८ रनको साझेदारी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?