+
+

धनगढी एफसीमा मिडफिल्डर ओमप्रकाश अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १३:०३

२०  कात्तिक, धनगढी । धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि कैलालीका मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्ध गरेको छ ।

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले प्लानिङ ब्वाइजलाई यस वर्ष सी डिभिजनबाट बी डिभिजनमा उकाल्न महत्वपूर्ण भूमिका खेलेका मिडफिल्डर ओमप्रकाशसँग यस सिजनका लागि सम्झौता गरेको हो ।

सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट देशका विभिन्न भागमा हुने गोल्डकपहरु समेत खेलेका ओमप्रकाश र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात ओमप्रकाशले घरेलु टोलीमा अनुबन्धित हुन पाउँदा खुशी लागेको बताए । ‘पहिलो सिजनको उपविजेता टोलीमा आवद्ध हुन पाउँदा निकै हर्षित छु । यसपटक टोलीमा पाएको मौकाहरुको पूर्ण सदुपयोग गर्दै टोलीलाई एकस्थान माथि पुर्‍याउन भूमिका खेल्ने प्रतिवद्धता जनाउँछु । अवसरका लागि टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु’, उनले भने ।

यस्तै धनगढी एफसीका अध्यक्ष सुवास शाहीले मिडफिल्डर ओमप्रकाशलाई स्वागत गर्दै उनको आगमनले टोली थप मजबुत बन्ने प्रतिक्रिया व्यक्त गरे ।

‘धनगढी एफसीमा यस सिजन युवा प्रतिभावान मिडफिल्डर ओमप्रकाश चौधरीलाई सम्झौता गर्दा हामी एकदमै उत्साहित छौं । ठूला प्रतियोगिताहरुमा युवाहरुले एक्सोजर पाउनु आवश्यक ठान्दै र उहाँको प्रतिभाको कदर गर्दै हामीले उहाँलाई भित्र्याएका हौं’, शाहीले भने ।

धनगढी एफसीले यसअघि युरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक फलू डियाग्ने र नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ  ।

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।

एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका  मिडफिल्डर आशिष चौधरी रहेका छन् ।  आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज युनाइटेडबाट खेल्दै टोलीलाई लिग बिजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ । धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा कलाकार तथा चर्चित टिकटकर पवि साकी रहेकी छिन् । धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारेखमा वीरगञ्ज युनाइटेडसँग खेल्ने तालिका छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?