+
+

माधव नेपाल १५ सदस्यीय टोलीसहित मंगलबार चीन जाने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १५:०५

२० कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार चीन जाने भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा दक्षिण एसियाली राजनीतिक दलहरूसँग हुन लागेको कार्यक्रममा भाग लिन अध्यक्ष नेपाल चीन जाने भएका हुन् ।

अध्यक्ष नेपालले यस विषयमा सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा यस विषयमा जानकारी गराएका छन् ।

अध्यक्ष नेपालसँगै पार्टी उपाध्यक्षसमेत रहेका कृषिमन्त्री डा.बेदुराम भुसाल, मोहन गौतम, विद्या चाम्लिङ, सुधिर साह, विष्णु महतो, लोकबहादुर हमाल, हर्कबहादुर सिंह र गणेश विकलगायत १५ सदस्यीय टोली चीन जाने छ ।

उनको भ्रमण टोलीमा पार्टीका जनप्रतिनिधिदेखि, जनवर्गीय संगठन र विभिन्न विभागका सदस्यलाई समेत समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?