+
+

कोशीमा कांग्रेसका उद्धव थापाको राजीनामा अस्वीकृत, जिम्मेवारीमा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १६:१४

२० कात्तिक, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका छन् ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई  राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए ।  दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताए । राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा  फर्कने  उनले बताए ।

बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो । उनीहरू पनि जिम्मेवारी फर्कने थापाले बताए ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । तर कांग्रेसका ८ सांसदसहित विद्रोह गर्दै केदार कार्की २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री बने ।

पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असाेजमा दलको नेताबाट राजीनामा दिएका थिए । केन्द्रीय नेतृत्वको आग्रह र दलको बैठकको निर्णयपछि जिम्मेवारी फर्किएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?