+
+
Shares

सिस्नुपानी नेपालले यस वर्ष देउसी नखेल्ने, भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १३:२१
फाइल तस्वीर

काठमाडौं । जाजरकोट भूकम्पपछिको असहज परिस्थितिलाई ध्यानमा राख्दै सिस्नुपानी नेपालले यस वर्षको तिहारमा देउसी कार्यक्रम नगर्ने भएको छ ।

संस्थाले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । उक्त रकम पीडितको पुनर्स्थापनाका लागि प्रदान गरिने उल्लेख छ ।

बैठकपछि सिस्नुपानी नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बैठकले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरूप रु ५०,०००। (पचास हजार) उपलव्ध गराउने निर्णय गरेको जानकारी गराउँदै विगत २५ वर्षदेखि हरेक वर्षको तिहार पर्वका अवसरमा प्रस्तुत गर्दै आएको सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष (२०८०)का लागि स्थगित गरिएको व्यहोरा दुःखका साथ जानकारी गराउँछौं ।’

‘दुःखको यस घडीमा भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत भएकाको परिवारजनमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

सिस्नुपानी नेपालले २५ वर्षदेखि तिहारको अवसरमा देउसी कार्यक्रम गर्दै आएको छ । नेतादेखि सर्वसाधारण सहभागी हुने यो कार्यक्रममा राजनीति र समसामयिक मुद्दामा कटाक्ष हुने गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?