+
+

निष्क्रिय कर्जाले थलियो निर्धन उत्थान लघुवित्त, १४ करोड नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते ९:०८

२३ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्धन उत्थान लघुवित्त १४ करोड ३० लाख रुपैयाँ नोक्सानीमा गएको छ ।

गत वर्षको यो अवधिमा कम्पनीको खुद नाफा ३ करोड २५ लाख रुपैयाँ थियो । निष्क्रिय कर्जामा आएको भारी वृद्धि, इम्पेरिमेन्ट चार्जमा वृद्धि र खुद ब्याज आम्दानीमा कमी आउँदा यो लघुवित्त कम्पनी नोक्सानीमा गएको हो ।

कुल कर्जामा कम्पनीको निष्क्रिय कर्जा १२.३५ प्रतिशत पुगेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो कर्जा ७.१४ प्रतिशत थियो । समयमै कर्जा उठ्न नसकेपछि कम्पनीले सोवापत गर्नुपर्ने प्रोभिजन रकम (इम्पेरिमेन्ट चार्ज) बढेको छ ।

कम्पनीले यो त्रैमाससम्म ३८ करोड ८० लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज गर्नुपर्नेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो चार्ज २६ करोड ९२ लाख रुपैयाँ थियो । पहिलो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ४८ करोडबाट घटेर ४३ करोडमा खुम्चिएको छ ।

कम्पनी खुद नोक्सानमा गएपछि वाषिर्क प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९० पैसा ऋणात्मक भएको छ । कम्पनीले कुल निष्क्रिय कर्जामध्ये ८१ प्रतिशत प्रोभिजन गरेको स्पष्ट पारेको छ । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?