+
+

भ्यालेन्सियाको पोष्टमा रियलको पाँच गोल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते ८:१६

२६ कात्तिक, काठमाडौं । भिनिसियस जुनियर र रोड्रिगोले दुई दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ५-१ ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो वर्नाबेउमा भएको खेलको तेस्रो मिनेटमै डानी कार्भाजलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

त्यसपछि भिनिसयसले ४२औं र ४९औं मिनेटमा गोल गरे । दुवै गोलका लागि रोड्रिगोले असिस्ट गरे । अनी रोड्रिगो आफैंले ४९औं र ८४औं मिनेटमा गोल गरे ।

भ्यालेन्सियाका लागि ८८औं मिनेटमा डुरोले सान्त्वना गोल फर्काए ।

जितपछि रियलले १३ खेलबाट ३२ अंक जोडेको छ र दोस्रो स्थानमै कायम छ । शीर्ष स्थानको गिरोना भन्दा रियल दुई अंकले पछि छ ।

गिरोनाको लय कायमै

स्पानिस ला लिगामा यस सिजन सानो क्लब गिरोनाले उत्कृष्ट प्रदर्शन कायम राख्दै शीर्ष स्थानमै छ ।

गएराती भएको खेलमा गिरोनाले राभो भालेकानोलाई एक गोलले पछि परेको स्थिती उल्टाउँदै २-१ ले हरायो ।

घरेलु मैदानमा अल्भारो गार्सियाले पाँचौ मिनेटमै गोल गर्दै रायो भालेकानोलाई अग्रता दिलाएका थिए ।

तर अर्टेम डोव्बाइकले ४२औं मिनेटमा गिरोनाका लागि बराबरी गोल गरे । त्यसपछि साभियोले ६५औं मिने६मा गिरोनाका लागि विजयी गोल गरे ।

जितपछि १३ खेलबाट ३४ अंक जोडेर गिरोना शीर्ष स्थानमा यथावत छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?