
२६ कात्तिक, काठमाडौं । तिहार लागेसँगै बजारमा फूल बेच्नेहरूको चहलपहल बढेको छ ।
बजारमा तिहारका लागि फूल किनबेच गर्नेहरुको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा सयपत्री, मखमली लगायतका फूलको माग ह्वात्तै बढेको छ ।
विशेष गरी कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री उल्लेख्य रहेको छ। आजदेखि लक्ष्मी पूजाको दिनसम्म बढी बिक्री हुन्छ। घरका झ्यालढोकामा लगाउनका लागि गाउँगाउँबाट सयपत्रीको माला काठमाडौं उपत्यकामा भित्रिएको छ।
तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री केही वर्ष अघिसम्म भारतबाट आयात गर्नुपर्ने अवस्था थियो। पछिल्ला वर्षमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ। मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ।
हेर्नुहोस् तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4