
काठमाडौं । महाशिवरात्री छेकोमा रिलिजको तयारीमा रहेको फिल्म ‘रंगेली’ले मुख्य नायिकाको पात्र लुक्स सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री मिरुना मगरलाई जुनकिरीको भूमिकामा चिनाइएको छ ।
लक्ष्मीपूजाको अवसरमा दयाहाङ राईको ग्याङस्टर लुक बाहिर ल्याएको फिल्मले पोस्टरमार्फत मिरुनाको क्यारेक्टर हुलिया र मनोदशालाई चित्रण गर्ने प्रयत्न गरेको छ । फिल्ममा दयाहाङको ‘लभ इन्ट्रेस्ट’को रुपमा मिरुनालाई कास्ट गरिएको अनुमान छ ।
आगामी फागुन २५ गतेबाट प्रदर्शन हुने फिल्ममा दयाहाङ र मिरुनासहित अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा संसार चौलागाईं र रमेश भट्टराईको लगानी छ ।
दयाहाङको ‘रंगेली’ र ‘लोकल हिरो’, नवल खड्काको ‘काँडेतार’, रेखा थापाको ‘उपहार : द जर्नी अफ लाइफ’ले फागुन २५ गतेलाई रिलिज मिति तय गरेका छन् । यीमध्ये ‘लोकल हिरो’को छायांकन हुन बाँकी छ ।
प्रतिक्रिया 4