+
+

विदेशमा रहेका नेपालीको कथावस्तुमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते ११:४३

काठमाडौं । विदेशमा रहेका नेपालीको कथावस्तुमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधानले यसलाई निर्देशन गर्नेछन् ।

निर्माता कम्पनी पद्म इश्वर इन्टरटेनमेन्टले बनाउन लागेको फिल्म छायांकन मंसिर ६ गतेदेखि सुरु हुने जनाइएको छ ।

पाँचथरदेखि सुरु हुने छायांकन भारतको सिक्किम र देहरादून, म्यानमार, अमेरिका र क्यानडामा समेत हुने जारी विज्ञप्तिमा उल्लेख छ । छायांकनसँगै विषयवस्तुको समेत अध्ययन गर्नुपर्ने भएकाले योजनाभन्दा केही समय बढी निर्माणमा लाग्ने जनाइएको छ ।

फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास र गौरवलाई उठान गर्ने निर्देशक प्रधानले बताए । पटकथा लेखक शिवम् अधिकारी हुन् । अमेरिका, म्यानमार, भुटान र भारतका चारजना नेपाली भाषी अभियन्ताले नेपाली भाषालाई लिएर गरेको अनुसन्धानमा फिल्म आधारित हुने लेखक अधिकारीले बताए ।

फिल्ममा विल्सनविक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेघ सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ ।

दीपक शर्माको संगीत निर्देशन, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन रहने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?