+
+

फिल्म ‘यो मन त मेरो नेपाली हो’को फस्टलुक पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते १४:०९

काठमाडौं । नयाँ बर्ष २०८१ को अवसरमा फिल्म ‘यो मन त मेरो नेपाली हो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा मुख्य कलाकार रोशन श्रेष्ठ, आयुशा समाल, विल्सनविक्रम राई, बुद्धि तामाङ र विजय बराललाई देख्न सकिन्छ । यसैवर्ष फिल्मको प्रदर्शन गरिने निर्माता ज्ञानबहादुर प्रधानले बताए ।

फिल्मलाई अमेरिकामा रहेका साहित्यकार नरप्रधान (मित्र)ले निर्देशन गरेका हुन् । पहिलो चरणमा नेपालको झापा र इलामसहित भारतका सिक्किम, दार्जिलिङ लगायतमा फिल्मको छायांकन गरिएको छ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको कथा पेश गर्छ । शिवम अधिकारीले फिल्म लेखेका हुन् ।

फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समीर मियाको भीएफएक्स, कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?