+
+

फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन दमकमा सुरु, पूर्वराजाले दिए शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १६:२७

काठमाडौं । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन् । दमकको पशुपतिनाथ मन्दिरमा शुभसाइत पूजासँगै फिल्मको छायांकन सुरु भएको हो ।

पूर्वराजाले फिल्म सफलताको शुभकामना दिएको निर्देशक मित्र प्रधानले बताए । यो फिल्मले विदेशमा रहेका नेपालीको कथावस्तु पेश गर्दैछ । फिल्ममा विल्सनविक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेघ सुवेदी, नारायण खातीको अभिनय हुनेछ ।

अमेरिकामा बसोबास गर्दै आएका निर्देशक प्रधानका अनुसार यो फिल्मले नेपाली संस्कृति र भाषालाई प्रवर्द्धन गर्नुपर्छ भन्ने सन्देश दिन्छ । फिल्ममार्फत नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्शाउन खोजिएको पटकथाकार शिवम् अधिकारीले बताए ।

अमेरिका, म्यानमार, भुटान र भारतका चारजना नेपाली भाषी अभियन्ताको अनुसन्धानमा फिल्म आधारित हुने जनाइएको छ । नेपालीहरु कसरी समयकालमा अन्य मुलुकमा छरिए र त्यहाँ आफ्नो परम्पराको प्रवर्द्धन कसरी गर्दैछन् भन्ने कथावस्तु पनि यसले पेश गर्छ ।

फिल्मको छायांकन झापा, पाँचथर, भारतको सिक्किम र देहरादुन, म्यानमार, क्यानडा, अमेरिकामा हुने जनाइएको छ । फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समीर मियाको भीएफएक्स र कविराज गहतराजको नृत्य रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?