+
+

अध्ययनको निष्कर्ष- डेढलाख वर्षअघि नै मानिसले जुत्ता चप्पल लगाउँथ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते ११:३०

प्राचीन मानव इतिहासका विषयमा एक ऐतिहासिक जानकारी प्राप्त भएको छ । शोधकर्ताहरुले फेला पारेको नयाँ तथ्य अनुसार मध्य पाषाण युग अर्थात् आजभन्दा ७५ हजार देखि डेड लाख वर्ष पहिले नै मानिसले जुत्ता चप्पल लगाउने गर्दथे ।
यसको अर्थ मानव जातिमा निकै पहिलेदेखि नै जटिल संज्ञानात्मक तथा व्यवहारिक क्षमता थियो ।

स्मरण रहोस् युरोपमा हालसम्म फेला परेको सबैभन्दा पुरानो जुत्ता ६ हजार वर्ष पुराना हो भने दक्षिण अफ्रिकामा आजभन्दा २ हजार वर्षअघि नै मानिसहरुले जुत्ता चप्पल नलगाउने गरेको मानिन्थ्यो ।

तर दक्षिण अफ्रिकामा भएको नयाँ खोजले उक्त मान्यतालाई गलत सावित गरिदिएको छ ।

दक्षिण अफ्रिकाको केप तटीय क्षेत्रको निकै प्राचीन सतहमा प्राप्त भएका जिवाश्मले नयाँ तथ्यको खुलासा भएको हो ।

शोधकर्ता मध्येका एक विट्स इभोल्यूसनरी अध्ययन संस्थानका डाक्टर बर्नहार्ड जिपफेल भन्छन्- नयाँ प्रमाणबाट के पत्ता लागेको छ भने त्यस समयमा समुद्री तटमा हिड्नका लागि मानिसले कुनै प्रकारका जुत्ता चप्पल लगाउने गर्दथे ।

यो नयाँ सिद्धान्त हालै इच्नोस पत्रिकामा प्रकाशित भएको छ जुन इच्नोलोजीमा आधारित छ । इच्नोलोजीमा जिवावशेषहरुको पदचापहरुको विश्लेषण गरिन्छ ।

डाक्टर जिपफेल भन्छन्, ‘हामी सबैले ठान्थ्यौँ कि प्राचीन मानव उनीहरुको आनीबानी अनुसार नांगो खुट्टामै रहन्थे होलान् । यद्यपि त्यस समय दक्षिणी केप तटमा निकै धारिला चट्टानहरु थिए । यस्तोमा आफ्ना खुट्टालाई चोटपटकबाट जोगाउनका लागि उनीहरुले केही न केही त खुट्टामा लगाउनै पर्थ्यो । एक लाख वर्षअघिको त्यो समयमा खुट्टामा लाग्ने कुनै पनि चोटपटक प्राणघातक पनि हुनसक्थ्यो ।’

जिपफेल र उनको टिमले सम्भावित जिवावशेष पदचिह्नका विषयमा शोध गर्‍यो । त्यस्ता पदचापहरु मानवका पूर्वजहरुले बनाए तर खुट्टामा केही पहिरिएर । जसका कारण औंलाका छाप रहेनन् ।

प्राचीन मानवले कस्तो खालका जुत्ता लगाउँथे भन्ने कुराको प्रष्ट प्रमाण भने छैन । किनकि छाला तथा रुखबाट बनेका चिजहरु माटोमै मिलिसके होलान् । यद्यपि यस्तो अवशेषको रेकर्ड विरलै छ । ३० हजार वर्षभन्दा पुराना केवल चारवटा क्षेत्रको मात्र अनुमान लगाइएको छ, जुन सबै पश्चिमी युरोपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?