६ मंसिर, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकै व्यक्ति वा घराना बैंक सञ्चालक र उद्योगी व्यवसायी हुन नहुने बताएका छन् ।
नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले बैंक सञ्चालक र उद्योगी व्यवसायीलाई अलग गर्नुपर्ने बताएका हुन् ।
उद्योगी र बैंक सञ्चालकका न्यून ब्याजमा किसानले ऋण नपाउने र लिएको ऋणको ब्याज अत्याधिक भएको कोइरालाले बताए ।
‘यहाँ धेरै किसान साथीहरु देखेको छु, तपाईहरु बैंकमा जानुहुन्छ, कृषकलाई ५ प्रतिशतमा ब्याजमा लोन दिने भनिरहेको छ सरकारले, तर मलाई लाग्दैन तपाईंहरुले पाँच प्रतिशत ब्याजदरमा ऋण पाउनुभएको छ,’ उनले भने, ‘कसले पाइरहेको छ भन्दा जो ठूला बडा ब्यापारी छन्, ब्यावसायी छन्, उनीहरुले मात्रै त्यसरी पाइरहेका छन् ।’
यो समस्या समाधानका लागि बैंक सञ्चालक र उद्योगी व्यावसायी एकै व्यक्ति हुन नहुने कोइरालाले बताए । ‘हामीले एउटा काम गर्नुपर्ने छ, म त सांसद हुँ, सांसदको हैसियतले पनि काम गर्नुपर्ने छ’, उनले भने, ‘बैंकर्स र व्यवसायीहरुलाई इन्ड्रष्ट्रियलिस्टहरुलाई अलग गर्न सकेनौं भने यो समस्याहरु आइरहन्छ ।’
बैंकले ठूलो ऋण तुरुन्तै दिने तर सानो आकारको ऋण नदिने उनको भनाइ छ । ऋण दिएपनि ब्याज अध्याधिक बढ्ने कोइरालाको गुनासो छ ।
‘आज तपाईंहरु बैंक जानुहोस्, कसैले एक अर्ब ऋण लिन्छु भन्यो भने तुरुन्तै दिन्छ तर कसैले १५ लाख, २० लाख ऋण लिन जान्छ भने उसलाई ऋण दिदैनन् बैंकर्सहरुले’, उनले भने, ‘यस्तो अवस्थामा गुज्रिरहेका छौं, एक डिजिजमा पार्दिने भनेको छ ऋण (ब्याज) तर तपाईं कुनै कामका लागि ऋण लिनुभएको हुन्छ, दुई वर्षपछि त्यसको भ्यालु (ब्याज) १५ प्रतिशत भइसकेको हुन्छ, अन्तिम किस्ता तिर्न जादा १५, १६, १७ प्रतिशत हुन्छ, कसरी धान्न सक्छौं हामीले ?’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4