+
+

बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, १ अर्ब ३४ करोडको सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १५:२४

७ मंसिर, काठमाडौं । बिहीबार सेयर लगानीकर्ताको आकर्षण बीमा कम्पनीहरुमा देखिएको छ । समग्र सेयर बजारको परिसूचक नेप्से जम्मा ०.५३ प्रतिशतले बढ्दा जीवन बीमा समूह ३.३७ प्रतिशतले बढ्यो । त्यस्तै निर्जीवन बीमा समूह १.८६ प्रतिशतले बढेको छ ।

समग्र बजारको परिसूचक नेप्से ९.८७ अंकले बढेर १८६० विन्दुमा कायम भएको छ । यस दिन १ अर्ब ३४ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकम २५ असोज यताकै उच्च हो । बुधबार १ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल १६१ कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने १० को स्थिर रह्यो ।

वाणिज्य बैंक समूह ८, माइक्रोफाइनान्स ९ र अन्य समूह १ अंक घटे । विकास बैंक ६२, फाइनान्स १८, होटल तथा पर्यटन ३०, जलविद्युत् २१, जीवन बीमा ३३०, उत्पादन ४४, निर्जीवन बीमा १७९ र ब्यापार उपसमूह ३१ अंक बढे ।

बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइडोपावर र सिक्लेस हाइड्रोपावरको ८.५, सानिमा रिलायन्स लाइफको ८.२, सानिमा जनरल इन्स्योरेन्सको ६.३ प्रतिशतले मूल्य बढ्यो । सबैभन्दा धेरै मूल्य घट्नेमा नबिल बैंक रह्यो । सो कम्पनीको ८.२ प्रतिशतले मूल्य घटेको छ । कम्पनीले जम्मा ११ प्रतिशत नगद लाभांश घोषणा गरेपछि मूल्यमा भारी गिरावट आएको हो । त्यस्तै किसान लघुवित्तको मूल्य ५.७, सपोर्ट माइक्रोफाइनान्सको ५.३, माहुली लघुवित्तको ४.५ तथा हिमालयन लघुवित्तको मूल्य ३.७ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा नबिल बैंक, सोनापुर मिनरल्स, सानिमा जनरल इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?