+
+

भक्तपुर प्रहरीले भन्यो : प्रसाईंको सुरक्षार्थ घर वरिपरि खटिएका हौं

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते १२:५७

८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी वेद विष्टले दुर्गा प्रसाईंको घर वरिपरि सुरक्षाका लागि मात्रै प्रहरी परिचालित भएको बताएका छन् ।

भक्तपुरमा पनि प्रसाईंको घर वरिपरि प्रहरीको बाक्लो उपस्थिति देखिएपछि कतिपयले प्रसाईंलाई नजरबन्दमा राखिएको टिप्पणी गरेका छन् । तर, भक्तपुर प्रहरी प्रमुख एसपी विष्ट भन्छन्, ‘प्रहरी हिजो पनि घर वरिपर बसेको थियो, आज पनि त्यही संख्यामा बसेको हो ।’

राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा बिहीबार शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रसाईंले तिनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको भन्दै विज्ञप्ति जारी गरेको छ । यसपछि प्रहरीले तिनकुने पुगेका राजावादी अभियन्ताहरुलाई धरपकड गरिरहेको छ ।

यहीबीच प्रसाईंको घरमा सुरक्षार्थ खटिएकालाई देखाएर गलत प्रचार भएको भन्दै विष्टले भने, ‘नजरबन्द गर्ने हो भने प्रमुख जिल्ला अधिकारी वा अरुले भन्ने होला, त्यसको वेग्लै व्यवस्था होला । तर, प्रहरी घर वरिपरि बस्नु भनेको नजरबन्द हुनु होइन ।’

उनले सुरक्षा चुनौतीको विश्लेषणको आधारमा प्रहरी खटाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?