News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले बिहीबार दिउँसो भक्तपुरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा खानतलासी गरेको छ ।
- भक्तपुर प्रहरी र अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंको घरबाट केही मोबाइल डिभाइस र आईप्याड नियन्त्रणमा लिएको छ ।
- प्रहरीले खानतलासीको कारणबारे औपचारिक रूपमा केही बोलेको छैन ।
४ भदौ, काठमाडौं । मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ ।
बिहीबार दिउँसो ठूलो संख्यामा पुगेको प्रहरीको टोलीले उनको घरमा खानतलासी गरेको हो ।
भक्तपुर प्रहरी र अपराध अनुसन्धान कार्यालय सहितको टोलीले प्रसाईंको घरमा खानतलासी गरेको प्रहरी स्रोतले बताएको छ ।
सो क्रममा केही थान मोबाइल डिभाईस र आईप्याड समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
किन खनतलासी गरेको भन्ने विषयमा प्रहरीले औपचारिक रुपमा केही बोलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4