+
+
Shares

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद नथपी रिहा गर्न आदेश दिएको छ ।
  • प्रहरीले साइबर अपराध र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि सात दिनको म्याद माग गरेको थियो ।
  • अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि प्रहरीले प्रसाईंको रिहाइ प्रक्रिया अघि बढाएको छ ।

१८ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो ।

आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ।

जहाँ ७ दिनको म्याद मागिएको थियो । तर अदालतले भने म्याद थप नगरेपछि प्रसाईं रिहा हुने भएका हुन् । प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?