+
+

सातौं दक्षिण एसिया कराते च्याम्प्यिनसिपको तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते २०:०५

१५ मंसिर, काठमाडौं । नेपाल कराते महासंघको व्यवस्थापनमा शनिबार सुरु हुने सातौं दक्षिण एसिया कराते च्याम्प्यिनशीप (क्याडेट, जुनियर, यू २१ र सिनियर) को सम्पूर्ण तयारी पूरा भएको छ ।

च्याम्पियनशिपका प्रचार संयोजक रवि महर्जन विज्ञप्ति जारी गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका छन् ।

दक्षिण एसियाली कराते महासंघ (एसएकेएफ) को आयोजना, एसियाली कराते महासंघको स्विकृती र विश्व कराते महासंघको मान्यता प्राप्त च्याम्पियनसिप शनिबार र आइतबार ( २०८० मंसिर १६ र १७ गते) दुई दिन सम्म त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।

प्रतियोगिता नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ गरि २ सय ३७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

भारतबाट सबैभन्दा बढी ६४ खेलाडी, नेपालबाट ६२, श्रीलंकाबाट ४३, बंगलादेश र पाकिस्तानबाट समान ३३ र भुटानबाट २ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

६२ स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा सिनियर कुमुतेमा महिलातर्फ ४५ केजी मुनि, ५० केजी मुनि, ५५ केजी मुनि, ६१ केजी मुनि, ६८ केजी मुनि र ६८ केजीमाथिमा तथा पुरुषतर्फ ५० केजी मुनि, ५५ केजी मुनि, ६० केजी मुनि, ६७ केजी मुनि, ७५ केजी मुनि, ८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै टिम कुमुते महिला र पुरुषको प्रतिस्पर्धा पनि समावेश गरिएको छ । सिनियरको महिला र पुरुष एकल काता तथा टिम काताको पनि हुनेछन् ।

१४-१५ वर्ष महिला र पुरुषमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनि, ४८ केजी मुनि, ५३ केजी मुनि, ५९ केजी मुनि र ५९ केजी माथि पुरुषतर्फ ५० केजी मुनि, ५५ केजी मुनि, ६१ केजी मुनि, ६८ केजी मुनि, ७६ केजी मुनि र ७६ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै १६-१७ वर्ष उमेर समूहमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनि, ४८ केजी मुनि, ५३ केजी मुनि, ५९ केजी मुनि र ५९ केजी माथि पुरुषतर्फ ५० केजी मुनि, ५५ केजी मुनि, ६१ केजी मुनि, ७६ केजी मुनि र ७६ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यू २१ (१८देखि २० वर्ष) समूहमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनि, ४५ केजी मुनि, ५० केजी मुनि, ५५ केजी मुनि, ६१ केजी मुनि, ६८ केजी मुनि र ६८ केजी माथि पुरुषतर्फ ५० केजी मुनि, ५५ केजी मुनि, ६० केजी मुनि, ६७ केजी मुनि, ७५ केजी मुनि, ८४ केजी मुनि र ८४ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

१४ देखि १७ वर्ष उमेर समूहको महिला र पुरुषको टिम काता पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?