+
+

दोलखामा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १०:२३
अस्पतालको शव गृहमा राखिएको शव । फाइल फोटो

१७ मंसिर, चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् ।

उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । घाइते भएका सञ्जिवलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याइएको थियो । अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ ।

सञ्जिवसहित ७ जना स्थानीय गएराति डाँडाबारी जंगलमा शिकार खेल्न गएका थिए । सञ्जिवको मृत्यु भएको घटना सार्वजनिक भएपछि उनीसँगै शिकार खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?