+
+

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स मिलेमतोबारे छानबिन गर्न नेप्सेका कर्मचारीको माग

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १४:०८

१७ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन धितोपत्र बोर्डको नेतृत्व तह र व्यापारिक घरानाबीच आर्थिक लेनदेन भएको आरोप लगाएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गरी नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन मिलेमतो भएको दाबी गर्दै सरकार र सम्बन्धित निकायबाट छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

संघका अध्यक्ष नवराज थापा तथा सचिव पुजन ज्ञवालीको हस्ताक्षरमा जारी विज्ञप्तिमा कितोपत्र बोर्ड र ब्यापारिक घरानाको मिलेमतोका कारण दोस्रो बजार समेत प्रभावित भएको जिकिर गरिएको छ ।

नयाँ स्टक एक्स्चेञ्ज सञ्चालन गर्नका लागि धितोपत्र बोर्डले केही समय पहिले नै लाइसेन्स दिने प्रक्रिया अघि बढाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि रोकिएको थियो ।

प्रतिनिधिसभाको अर्थ समितिले पनि स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?