+
+

नेपाल सुपर लिगमा बुटवल एफसीको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते २०:०३

१७ मंसिर, काठमाडौं । स्पोर्टिङ इलामलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ । आइतबार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा बुटवलले इलामलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको पहिलो हाफमा दुबै टोलीले केही अवसर बनाए पनि गोल गर्न सकेका थिएनन् । इलामले तेस्रो मिनेटमा गोलको राम्रो मुभ बनाएको थियो । फोडे कमाराको पासमा भरत खवासले सिक्स यार्ड बक्समा स्लाइड हानेको बल सेकेण्ड बारमा लाग्न पुगेको थियो ।

१२औं मिनेटमा बुटवलले अवसर गुमायो । जिलेस्पी जंग कार्कीले डिबक्सभित्र दिएको पासमा स्टेफेन विनोङले बल हान्न ढिला गरे । मणिकुमार लामाले हानेको बल इलामका खेलाडीले क्लियर गरे । बाँकी समयमा पनि इलामको तुलनामा बुटवलले अवसर सिर्जना गरेको थियो, तर गोलमा परिणत गर्न सकेन ।

४९ औं मिनेटमा भने विनोङ चुकेनन्, जिलेस्पीले दिएको क्रसमा उनले सहजै गोल गरे । ५७ औं मिनेटमा इलामले बराबरी गोल गर्ने अवसर पाएको थियो । बुटवलका सरोज तामाङले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टीको संकेत गरे ।

उसका अमाथले अघिल्लो खेलमा पेनाल्टी पाउँदा गोल गर्न सकेका थिएनन्, त्यसैले यो पटक फोडे कमारा पेनाल्टी हान्न आए । तर दायाँ साइड च्याचेर उनले हानेको बल बुटवलका गोलकिपर मोहोमोदउले डाइभ हानेर बचाए ।

खेलको ७६ औं मिनेटमा बुटवल फेरि भाग्यमानी साबित भयो । गौरव श्रेष्ठले दायाँ साइडबाट आएको क्रस जोगाउन खोज्दा फर्स्ट  बारमा लागेर आत्मघाती गोल हुनबाट जोगियो ।

तर लगत्तै इलाम गोल गर्न सफल भयो । सन्तोष खत्रीको लङ सटलाई बुटवलका गोलकिपर मोहमोदोउले रोकेका थिए, तर पूर्ण रुपमा क्लियर भएन । त्यही बलमा इलामका अब्दुलाय बाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

खेलेको ८६ औं मिनेटमा इलामले फ्रिकक पायो, जसमा नविन लामाले सेकेण्ड बार च्यापेर राम्रो फ्रिकिक हाने । तर बुटवलका गोलकिपर मोहमोदोउले उत्कृष्ट बचाउ गरे ।

काउन्टर अट्याकको प्रयास गरेको बुटवलले फ्रिकिक पायो । बुटवलका कप्तान एरिक विष्टले उत्कृष्ट फ्रि किकमा गोल गरे । उनले करिव ३५ यार्डबाट सेकेण्ड बार च्यापेर हानेको बलमा विकेश कुथुले अवसर नै पाएनन् ।

खेलको अन्मिमतिर इलामलाई अर्को झट्का लाग्यो । बुटबलका विनोङले एक्लै बल अगाडि बढाएका थिए, अगाडि बढेर बल क्लियर गर्ने क्रममा इलामका गोलकिपर विकेश कुथु घाइते भए । उनलाई नर्भिक अस्पताल लगिएको छ ।

जितसँगै बुटवलको ३ खेलबाट ३ अंक भएको छ भने इलामको पनि समान ३ अंक नै छ । लिग लिडर धनगढी एफसीको ७ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?