+
+

उषाले तेस्रो पटक माल्दिभ्समा क्लब लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १३:०८

१८ मंसिर, काठमाडौं । राष्ट्रिय भलिबल टिमकी युवा स्पाइकर उषा भण्डारीले तेस्रो पटक माल्दिभ्सबाट क्लब लिग खेल्ने भएकी छिन् ।

उनले डिसेम्बर ८ देखि २८ तारिखसम्म हुने भीएएम कप एण्ड नेशनल च्याम्पियनसिप खेल्ने भएकी हुन् ।

भण्डारीले यो सिजनमा न्यू जेनेरेसन क्लबबाट खेल्न भएकी हुन् । न्यू जेनेरेसनबाट भने उनी पहिलो पटक लिग खेल्न लागेकी हुन् ।

उनले पहिलो सिजन माल्दिभ्सको आर्मी क्लब एमएनडीएफबाट खेलेकी थिइन् । दोस्रो सिजन इगल क्लबबाट खेलेकी थिइन् । इगलबाट खेल्दा भण्डारीको क्लब सेमिफाइनलसम्म पुगेको थियो ।

‘तेस्रो पटक जाँदैछु । यस अघिको संस्करणमा टिम सेमिफाइनल पुगेको थियो । यो सिजन फरक टिमबाट खेल्दै फाइनल पुगेर उपाधी जित्ने लक्ष्यसहित जाँदैछु’, उनले अनलाइनखबरसँग भनिन् ।

उनी लिग खेल्नका लागि भोलि माल्दिभ्स प्रस्थान गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?