+
+

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १८:३०

१९ मंसिर, पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यसै सिलसिलामा पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख श्रवणकुमार विकले जानकारी दिए ।

वडाध्यक्ष सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो ।

अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमै छन् । उनीहरु कात्तिक ४ गते पक्राउ परेका थिए । निमित्त प्रमुख विकले पक्राउ पुर्जी जारी भएकाहरूको खोजी भइरहेको जानकारी दिए ।

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप छ । प्रहरीले मित्रमिलन सहकारीविरुद्ध उजुरी भए २७ मंसिरभित्र दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?