+
+

यु–१९ एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १७:४०

२२ मंसिर, काठमाडौं । यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

दुबईमा भएको खेलमा नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा जम्मा ३ विकेटको क्षतिमा भेट्टायो ।

पाकिस्तानलाई जिताउन अजान आविसले अविजित ५६ र साद बैगले ५० रनको योगदान गरे । नेपालका गुल्सन झाले ओपनर सामी हसनलाई शून्यमा आउट गरे भने अर्का ओपनर साहाजिब खानलाई १५ रन बनाउँदा आउट गरे । तर उनीहरुपछिका दुई ब्याटरले अर्धशतकीय पारी खेलेपछि नेपाल पराजित हुन पुग्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा १५२ रन बनाउँदा सबै १० विकेट गुमायो । नेपालका ओपनर अर्जुन कुमालले २१ रन बनाए पनि उनीपछिका तीन जना ब्याटरले दोहोरो अंकको रन स्कोर गर्न सकेनन् । त्यसपछि उत्तम मगरले ५१ र दिपेश कँडेलले ३१ रन बनाएपछि नेपालले १५० रनको स्कोर कटाएको थियो ।

यु–१९ एसिया कपमा नेपालले अब समूह चरणमा भारत र अफगानिस्तानसँग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?