+
+

एलपीएलमा टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते २०:२९

२२ मंसिर, काठमाडौं । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।

समूह बी अन्तर्गतको खेलमा युथ अफ टीकापुरले दोस्रो जित हासिल गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्‍यो । समूह ए अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गर्दै दोस्रो जित दर्ता गर्‍यो । जितसंगै युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लबले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

शुक्रबार सम्पन्न पहिलो युथ अफ टीकापुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर ब्याटिङ गर्दा ८ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो।

धनगढीको लागि सार्थक धितालले सर्वाधिक ३७ रन बनाए। मान साउदले १८, विजय रानाले १२ रनको योगदान दिए। युथ अफ टीकापुरको बलिङमा प्लेयर अफ द म्याच घोषित गौतम केसीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। सुमित महर्जनले २ तथा मोहम्मद हुसेन र प्रकाश जैसीले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको युथ अफ टीकापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनायो।

युथ अफ टीकापुरका लागि हरि चौहानले सर्वाधिक २९ रन योगदान दिए भने गौतम केसीले २६, प्रदीप ऐरीले १४, प्रकाश जैसीले १३ रन बनाए।

धनगढी क्रिकेट एकेडेमीको बलिङमा लेग स्पिनर युवराज खत्री एक्लैले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए। निरज ऐरले २ तथा हिक्मत महरा र मान साउदले १/१ विकेट लिए ।

शुक्रबारको दोस्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गर्यो । शुक्लाफाँटाले दिएको ११० रनको लक्ष्य धनगढीले १३.२ ओभरमा ४ विकेट गुमाएर भेटायो।

धनगढी स्पोर्ट्स क्लबको लागि प्रनित थापाले अविजित अर्धशतकीय योगदान दिए । प्लेयर अफ द म्याच समेत घोषित भएका थापाले ३४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । बसन्त कार्कीले अविजित २७ रन बनाए। ३२ रनमा ४ विकेट गुमेको अवस्थामा थापा र कार्कीले पाँचौ विकेटको लागि ७८ रनको साझेदारी गरे।

शुक्लाफाँटाको बलिङमा सुशील रावलले २ तथा कैलाश ऐर र बसन्त खत्रीले १/१ विकेट लिए। टस जितेर ब्याटिङ गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन बनायो।

शुक्लाफाँटाको लागि किरण ठगुन्नाले सर्वाधिक २९ रन बनाए भने विशाल ऐरले २३, रोशन साउदले १७ तथा बसन्त खत्रीले १३ रन योगदान दिए।

धनगढी स्पोर्ट्स क्लबका बलर अमर सिंह रौटेलाले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १० रन खर्चिए। भोज राज भट्टले २ विकेट तथा दिपक ठकुरी र भुवन कार्कीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत सातौँ दिन शनिबार पनि दुई खेल हुनेछन्। विहान ९ बजे युथ अफ टीकापुर र कैलाली मल्टिपल क्याम्पस तथा दिउँसो १ बजे सुदूरपश्चिमान्चल एकेडेमी र गरुडा नगरपालिका बीच खेल हुनेछ ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?