+
+

रारामा चार महिनामा चार हजार पर्यटक

रासस रासस
२०८० मंसिर २३ गते १४:४६

२३ मङ्सिर, मुगु । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् ।

गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

यस वर्ष रारामा पर्यटक आगमन आशालाग्दो हिसाबले बढिरहेको कार्यालयका सूचना अधिकारी जयहरि धितालले बताए । दसैँ–तिहार बिदाको मौका पारेर रारामा आन्तरिक पर्यटक बढी आएका उनको भनाइ छ ।

पर्यटकको आगमन बढेसँगै चार महिनामा १२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको धितालले जानकारी दिए । गत वर्ष रारा भ्रमणमा आन्तरिक पर्यटक ११ हजार, सार्क मुलुकबाट २६ र अन्य विदेशी एक सय ८३ जना आएका निकुञ्जले जानकारी दिएको छ ।

रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क मुलुककासँग प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य विदेशीसँग तीन हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गरेको धिमालले जानकारी दिए ।

हवाईमार्गबाट ७५ र सडकमार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् । सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनसकेको छैन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?