+
+

रियल मड्रिड बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते ९:१४

२४ मंसिर, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ ।

शनिवार राति भएको खेलमा रियलले अग्रता जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो ।

बेटिसको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि ५३औं मिनेटमा जुड बेलिङघमले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर ६६औं मिनेटमा अइटोर रुइबलले बेटिसका लागि बराबरी गोल गरे । त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा सकियो ।

बराबरीपछि रियल १६ खेलबाट ३९ अंकसहित शीर्ष स्थानमा छ । तर रियलले जिरोनामाथि जम्मा एक अंकको मात्र अग्रता बनाएको छ ।

जिरोनाले आइतबार तेस्रो स्थानको बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ । यस खेल जितेमा जिरोना शीर्ष स्थानमा उक्लनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?