+
+

प्रकाश दाहालको स्मृतीमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते ६:५९

२५ मंसिर, काठमाडौं । प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आगामी पुस २५ गतेदेखि हुने भएको छ । बौद्धको लाखेपोखरीस्थित स्पोर्टस् हब नेपाल प्रा.लि.को आयोजनामा ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियता सहितको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको उच्च २० बरियता बाहेक), स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्ष माथि र ४५ वर्ष माथि गरी ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए ।

करिब २५ लाखको लागत रहेको प्रतियोगितामा विजेता, उपविजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस् हबका सन्चालक अश्मेल (अखिल) शाहीले जानकारी गराए ।

स्वर्गीय प्रकाश दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छोरा हुन् । उनको २०७४ साल मंसिर ३ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?