+
+

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ३ गते ८:२९

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।

सधैं प्रचण्डसँगै हिँड्ने गरेका उनी मलाई सन्चो छैन भनेर चितवनको चुनावी कार्यक्रमलाई बीचमै छाडेर काठमाडौं फर्किएका थिए । उनी प्रचण्डसँग गोरखा, बाग्लुङ, झापा लगायत स्थानका कार्यक्रममा गएका थिएनन् । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

दाहालको निधनपछि नर्भिक अस्पतालमा पुगेका पत्नी सिर्जना  त्रिपाठी र भाञ्जीहरू राेइरहेकाे कारूणिक दृश्य देखिएका छन् ।

तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?